कार्तिक ७ । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा ३ विदेशी खेलाडी प्लेइङ सेटमा राख्न पाईने भएको छ। बीबीएलले नयाँ सिजनको लिगमा ३ विदेशी प्लेइङ सेटमा राख्न पाउने नियम बनाएको हो।
यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने प्रावधान रहेको थियो। बीबीएलमा एक टिममा ६ विदेशी खेलाडी राख्न पाईने छ। नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर ३ बाट सुरु हुनेछ। फ्रेन्चाइज टिमले विदेशी खेलाडी अनुबन्धन सुरु गरिसकेको छ।
बीबीएलमा नेपालका सन्दीप लामिछाने समेत खेल्दै आईरहेका छन्। अघिल्लो सिजन सन्दीपले मेलबर्न स्टार्सबाट खेलेका थिए। यस पटक भने उनले कुनैपनि क्लबसँग सम्झौता गरिसकेका छैनन्। एजेन्सी
Facebook Comments


























