भारत, कार्तिक ७ । भारतीय क्रिकेट टिमका पूर्वकप्तान कपिल देव अस्पताल भर्ना भएका छन्। १९८३ को विश्वकप विजेता कप्तान कपिल देवको आकस्मिक एन्जियोप्लास्टी गरिएको बताइएको छ। चिकित्सकका अनुसार उनको स्थिति अहिले स्थिर छ।
६१ वर्षीय कपिल देवले क्रिकेट छाडेपछि लगातार कमेन्ट्री गरिरहेका छन्। यसका अलावा कैयौं टिभी शोमा पनि उनलाई देख्न सकिन्छ। १९८३ को विश्वकप विजेता टिमका सदस्य मदनलालले ट्वीट गर्दै कपिल देवको डाक्टरहरुले निरन्तर निगरानी गरिरहेको बताएका छन्। कपिल देवले १९७८ देखि १९९४ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। यो अवधिमा उनले १९८३ मा भारतलाई विश्वकपको उपाधि दिलाए। एजेन्सी
Facebook Comments


























