मोरङ, कार्तिक ६ । दशैँ बिदा परेको भन्दै विराटनगरमा आजदेखि स्वाब संकलन रोकिएको छ। कोरोना जाँचका लागि विराटनगर महानगरपालिकाले संकलन गर्दै आएको स्वाब संकलन ६ दिन बन्द गर्ने निर्णय गरेको हो।
महानगरले आजदेखि कात्तिक १२ गतेसम्म स्वाब संकलन बन्द गर्ने निर्णय गरेको हो। दशैंको विदामा कोशी अस्पताल विराटनगरले कोरोना जाँच नगर्ने बताएपछि स्वाब संकलन रोक्नु परेको विराटनगर महानगरपालिकाले जनाएको छ। बुधबार सूचना प्रकाशित गर्दै विराटनगर महानगरपालिकाले जैन भवन र मोबाइल भ्यानबाट हुने स्वाब संकलन १२ कात्तिक सम्मका लागि रोकिने जनाएको छ।
Facebook Comments


























