तिलोत्तमा, कार्तिक ६ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनि–७ का ३८ वर्षीय र रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए।
उनका अनुसार असोज २२ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएका पाणिनिका संक्रमितको बुधबार राति ९ः२४ बजे मृत्यु भएको हो। त्यस्तै, कात्तिक १ गते कोरोना पुष्टि भएका तिलोत्तमाका संक्रमितको बुधबार राति १२ बजेर ७ मिनेटमा मृत्यु भएको गौतमले बताए। अस्पतालका अनुसार आईसीयूमा उपचाररत दुवै संक्रमितमा श्वासप्रश्वासको समस्या थियो।
Facebook Comments

























