बर्दिया, कार्तिक ५ । सशस्त्र प्रहरी बल, ३१ नम्बर गण बर्दियाले साढे २३ किलो अफिम र ५ किलो चरेससहित एक महिलालाई पक्राउ गरेको छ। गुलरिया नगरपालिका—१ गाउँ नम्बर १० हुँदै भारत जान लागेको अवस्थामा मंगलबार राति पक्राउ परेको हो।
रुकुम बाफिकोट गाउँपालिका—डुले बस्ने ३८ वर्षीया निर्मला बाठामगरबाट उक्त लागूपदार्थ पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतले बताए। उनीसँग रहेका दुई पुरुष र एक महिला फरार भएको उनले जनाए। पक्राउ गरिएकी बाठामगरलाई आवश्यक कारबाहीका लागि बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। उनीबाट गुलरिया—१ घर भएका ४० वर्षीय लालबहादुर विक र पाल्पा बकमालांगुका दानबहादुर मल्ल ठकुरीको नेपाली नागरिकता फेला परेको छ।
Facebook Comments


























