कार्तिक ५ । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार सुरुवात गरेको छ। मंगलबार राति समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्सभरोसमाथि ५–१ को जित सहित बार्सिलोनाले च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको हो। लियोनल मेस्सीले २७ औं मिनेटमा पेनाल्टीमार्फत बार्सिलोनालाई अघि बढाएका थिए।
अंशु फातीले ४२ औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर बनाए। फिलिप कौटिन्होले ५३ औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे। ६८ औं मिनेटमा जेरार्ड पीके रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो।
पीकेको रातो कार्ड बार्सिलोनालाई महङ्गो पर्ने देखिन्छ। उनले युभेन्ट्सविरुद्धको अर्को खेल गुमाउनेछन्। खरातिनले ७० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पाहुना टोलीका लागि एक गोल फर्काएका थिए। बार्सिलोनाका गोन्जालेजले ८२ औं मिनेटमा बार्सिलोनालाई ४–१ को अवस्थामा पुर्याए।
खेल सकिन एक मिनेट बाँकी छदाँ उसमान डेम्बेलेले बार्सिलोनाका लागि पाँचौ गोल गरेका थिए। समूह जीको खेलमा बार्सिलोनाले ३ अंक बटुलेको छ। एजेन्सी

























