कार्तिक ३ । मध्य भियतनाममा पहिरोमा पुरिएर ११ सैनिकको मृत्यु भएको छ। अन्य ११ जना वेपत्ता भएका छन्। एक सातादेखिको भारी वर्षापछि कराङ ट्राइ प्रान्तमा रहेको एक सैन्य स्टेशनको ब्यारेकमा पहिरोले २२ सैनिकलाई पुरेको हो। त्यसमध्ये ११ को शव फेला परेको बताइएको छ।
भियतनामको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढी र पहिरोमा एक सातामा मात्रै त्यहाँ कम्तिमा ६४ व्यक्तिको मृत्यु भएको छ। सेनाका जनरल स्टाफका चीफ लेफ्टिनेन्ट जनरल फान भान ग्यानले त्यस क्षेत्रमा अझ पहिरो जान सक्ने चेतावनी दिँदै उद्धारकर्मीहरूले त्यस ठाउँमा पहुँचका लागि सुरक्षित मार्ग खोज्नु पर्ने बताएका छन्। कम्बोडिया र भियतनाममा पछिल्लो साता व्यापक वर्षा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। एजेन्सी
Facebook Comments


























