काठमाडौं, कार्तिक २ । कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकको हत्या आशंकामा ११ जना पक्राउ परेका छन्।
हिजो रातिदेखि बेपत्ता भएका असई बिकको शव आज बिहान सीमा नाकामा मोहना नदीमा फेला परको थियो। उनीसंगै गस्तीमा गएका प्रहरी जवान राम बहादुर सांउद भने फेला परेका छैनन।
उनीहरु दुवै जना शनिवार राति गस्तीमा निस्किएको र त्यसपछि सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ। प्रहरीले तस्करहरुसंगको भीडन्तमा उनीहरु मारिएको हुनसक्ने आशंका गरेको छ।
सुदुरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महाननिरिक्षक उत्तम सुवेदीले तस्करले हत्या गरेको आशंकामा ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।
Facebook Comments


























