कार्तिक २ । स्पेनिस ला लिगा फुटबलअन्तर्गत आज (आइतबार) विभिन्न ६ खेल हुँदै छन्। आज हुने खेलमा भियारियलले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्दै छ।
भियारियलको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ। आजको खेलमा जित निकाल्दै भियारियल तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ।
लिगमा ५ खेल खेलेको भियारियलको ८ अंक छ। शीर्ष स्थानको रियलको १० अंक छ। आजको खेलमा जित निकाल्न सके भियारियल तालिकाको शीर्ष स्थानमा उक्लनेछ।
आजै हुने पहिलो खेलमा इबरले ओसासुनासँग प्रतिस्पर्धा गर्दै छ। खेल दिउँसो सवा ३ बजे हुनेछ। त्यस्तै एथ्लेटिक क्लबले लेभान्टेलाई आतिथ्यता प्रदान गर्दा हुयस्काले घरेलु मैदानमा भालाडोलिडसँग प्रतिस्पर्धा गर्नेछ। आइतबारै हुने खेलमा आलाभेसले इच्चेसँग खेल्दा रियल बेटिसले रियल सोसिडाडसँग खेल्नेछ। एजेन्सी
Facebook Comments


























