काठमाडौं, कार्तिक २ । सुनको भाउ सामान्य घटेको छ। गत शुक्रबारको तुलनामा आइतबार तोलामा २ सय रुपैयाँले सुन सस्तिएको हो। नेपाल सुनचाँदी व्यवासायी महासंघले आइतबारका लागि छापावाल सुन तोलाको ९४ हजार ७ सय तोकेको छ। गत शुक्रबार तोलाको ९४ हजार ९ सय थियो।
यस्तै तेजाबी सुनको भाउ पनि तोलामा दुई सय रुपैयाँले नै घटेर ९४ हजार २ सय कायम भएको छ। चाँदी भने आइतबार पनि तोलाको १२ सयमै स्थिर रहेको महासंघले जनाएको छ।
Facebook Comments


























