कार्तिक २ । आईपीएलको १३ औँ सीजनको छैटौँ डबल हेडर आज हुँदैछ। आज दिउँसो पौने ४ बजे सनराइजर्स हैदराबाद र कोलकतानाइट राइडर्स भिड्दैछन् भने साँझ पौने ८ बजे किंग्स इलेभन पञ्जाव र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ।
लगातार दुई म्याचमा हार व्यहोरेको हैदराबाद र कोलकता जस्तोसुकै अवस्थामा पनि खेल जित्नै पर्ने सोचमा मैदान उत्रिनेछन्। साथै हैदराबादका कप्तान डेभिड वार्नरलाई आईपीएलमा ५ हजार रन पूरा गर्ने अवसर रहेको छ। उनी यो आँकडा छुनबाट १० रन टाढा छन्।
Facebook Comments


























