कार्तिक २ । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा बायर्नले अर्मिनिया बिलेफेल्डलाई ४(१ गोल अन्तरले पराजित गरेको हो।
बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र थोमस मुलरले २/२ गोल गरे। अर्मिनियाका रितुस डोनले एक गोल फर्काए। खेलको आठौं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। २६औं मिनेटमा लेवान्डोस्कीले टिमको अग्रता २-० को बनाए। ४५औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न ३-० ले अघि रह्यो। ५१औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ४-० को बनाए। खेलको ५८औं मिनेटमा रितुसले एक गोल फर्काए पनि घरेलु टिम ४-१ ले पराजित भयो।
यस्तै खेलको ७६औं मिनेटमा कोर्टिन टोलिसोले रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो। अर्मिनियाविरुद्ध सहज जितसँगै बायर्न तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। बायर्नले ४ खेलमा ९ अंक जोडेको छ। अर्मिनिया ४ खेलमा ४ अंक जोडेर १४औं स्थानमा रहेको छ। एजेन्सी


























