कार्तिक १ । न्युजिल्यान्डको प्रधानमन्त्रीमा जासिन्डा आर्डेन पुनः निर्वाचित भएकी छिन्। भारी मतका साथ जासिन्डा प्रधानमन्त्रीमा निर्वाचित भएकी उनको यो दोस्रो कार्यकाल हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ८७ प्रतिशत मत गणना भइसक्दा आर्डेनको लेबर पार्टीले ४८.९ प्रतिशत मत प्राप्त गरेको छ। विपक्षी नेसनल पार्टीले २७ प्रतिशतभन्दा कम मत पाउने प्रक्षेपण गरिएको छ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न देशमा महत्वपूर्ण भूमिका खेलेका कारण उनी रउनको पार्टीलाई जनताले लोकप्रिय मतका साथ विजयी गराएका हुन्। न्युजिल्यान्ड कोरोनाको संक्रमणलाई शून्यमा झार्ने विश्वको पहिलो राष्ट्र हो। न्युजिल्यान्डमा २ हजारभन्दा कम व्यक्तिमा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ। एजेन्सी
Facebook Comments

























