सल्यान, कार्तिक १ । बन्गाडकुपिण्डे नगरपालिका–१०, थापाचौरका २० वर्षीय देवीलाल पुनले दाउरा प्रहार गरी २४ वर्षीय दाइ अमर पुनको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घरायसी विवादमा दाजुभाइबीच झगडा भएको थियो।
दाउरा प्रहारबाट अमरको टाउकोमा गम्भीर चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए। उनका अनुसार घटनालगत्तै देवीलाल फरार छन्। उनले दाइको हत्या गरेपछि घर नजिकैको ओढारमा शव फालेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ।
घटनाबारे वडाध्यक्ष मानसिं पुरीले जानकारी दिएपछि प्रहरीले ओडारबाट शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र फरार अभियुक्तको खोजी भइरहेको डीएसपी थापाले बताए।
Facebook Comments


























