मुम्बई, कार्तिक १ । पुरा विश्वमा कोरोना भाइरसको प्रभाव परेको बेला सिनेमा जगतमा समेत यसको ठुलो असर परेको छ। जसबाट भारतीय सिनेमा उद्योग बलिउड समेत अछुतो रहन सकेन। तर हालै १५ अक्टोबरबाट भारतमा लकडाउन खुलाउदै सिनेमाहल समेत खुल्नेछन्।
हल खुल्नासाथ भारतमा तानाजीः द अनसंग वारियर, केदारनाथ, शुभ मंगल ज्यादा सावधान, मलंग, थप्पड जस्ता सुपरहिट फिल्म फेरी रिलीज हुने तयारीमा छन्। यी फिल्मले लामो समय हल आउन नपाएका दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।
भारत सरकारले सिनेमा हल सञ्चालन गर्दा तोकेको मापदण्ड पालना गरेर मात्र सञ्चालन अनुमती दिएको छ। जसमा सामाजिक दूरी, हरेक दर्शकबीच एक सीटको अन्तर, साथमा ह्याण्ड स्यानिटाइजर हुनुपर्ने, मास्कको अनिवार्य प्रयोग रहेका छन्। एजेन्सी
Facebook Comments


























