बुटवल, कार्तिक १ । वनका काठ ओसारपसारमा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग १२ हजार रुपैयाँ घूस लिँदै गर्दा रुपन्देहीको सब डिभिजन वन कार्यालय मुर्गियाका एक कर्मचारी पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले वनरक्षक प्रेमचन्द्र विकलाई शनिबार बिहान ८ः५० बजे सैनामैना नगरपालिका–६ कलौनीचोकबाट रकमसहित रंगेहात पक्राउ गरेको हो।
पीडितले दिएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको आयोगका सूचना अधिकृत सरेश भुसालले बताए। पटक–पटक गुनासो आएका उनीमाथि थप अनुसन्धान भइरहेको अधिकृत भुसालले जानकारी दिए।
Facebook Comments


























