काठमाडौं, असोज ३० । फिल्म ‘श्री’ को फस्ट लूक सार्वजनिक गरिएको छ। सन्दीप क्षेत्री शीर्ष भूमिका रहेको यो फिल्मलाई टेलिभिजन र युट्युबमा रिलिज गर्ने तयारी छ।
फिल्ममा लकडाउनका कारण एउटै घरमा थुनिएर बसेका पात्रलाई देखाइएको छ। सन्दीपसँगै फिल्ममा वर्षा शिवाकोटी, राजाराम पौडेल, वुद्धि तामाङ, बसुन्धरा भुसाल लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मको निर्देशन एभरेस्ट सूर्य बोहराले गरेका हुन्। श्री पराजुली र सविता गुरुङले निर्माण गरेको यो फिल्ममा सन्दीप क्षेत्रीलाई केन्द्रीय भूमिकामा देख्न सकिनेछ।
Facebook Comments


























