काठमाडौं, असोज ३० । शुक्रबार सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले बढेर प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ। यसअघि विहिबार सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो।
त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजार ४ सयमा कारोबार भइरहेको छ। त्यसैगरी शुक्रबार चाँदीको मुल्य स्थिर रहदै तोलाको १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























