काठमाडौं, असोज २९ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७३९ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २१ हजार ७३५ जना पुगेको छ।
हाल देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित छन्। आज १२ हजार ३३९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २४ हजार १९४ होम आइसोलेसनमा छन्। हालसम्म १२ लाख ३७ हजार ६३६ जनाको पिसिआर परीक्षण भएको छ। देशमा कुल संक्रमितमध्ये ६९.४ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८२५ छ।
Facebook Comments


























