काठमाडौं, असोज २९ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओले मध्यम जोखिम संकेत गर्ने इक्रा आईआर बीबी प्लस रेटिङ प्रदान गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले उक्त कम्पनीलार्य उक्त रेटिङ प्रदान गरेको हो। प्रभु इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको छ । यसका लागि कम्पनीले हालै नेपाल धितोपत्र बोर्डमा निदेवन पनि दिएको हो।
कम्पनीको आईपीओ बिक्री प्रवन्धक भने सिद्धार्थ क्यापिटल रहेको छ। अहिले कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशन पनि कम्पनीको चुक्तापुँजी २ अर्ब पुग्नेछ।
Facebook Comments


























