असोज २८ । विश्वकप छनोटमा अर्जेन्टिनाले बोलिभियालाई २–१ ले हराएको छ। मंगलबार राति अर्जेन्टिनाले छनोट चरणको दोस्रो खेलमा बोलिभियालाई हराएको हो। अर्जेन्टिनालाई जित दिलाउन लौराटो मार्टिनेजले मुख्य भूमिका खेले। उनले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेका थिए।
मार्सेलो मोरिनोले २४ औं मिनेटमा बोलिभियालाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा लौराटो मार्टिनेजले अर्जेन्टिनाका लागि बराबरी गोल गरे।
उनै मार्टिनेजको पासलाई सदुपयोग गर्दै जोकिन कोरीले अर्जेन्टिनाका लागि विजयी गोल गरे। समूह चरणमा अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ। बोलिभिया अंक विहिन हुदै तालिकाको पुछारमा छ। एजेन्सी
Facebook Comments


























