काठमाडौं, असोज २७ । कोरोना संकटको बहानामा कामबाट निकालिएका पत्रकारको पुनर्बहाली र पारिश्रमिक उपलब्ध गराउन माग गर्दै पत्रकारहरूले प्रधानमन्त्री निवास बालुवाटारबाहिर प्रदर्शन गरेका छन्। पत्रकार महासंघको संघर्ष समितिले मंगलवार दिउँसो बालुवाटारमा थाल ठटाएर प्रदर्शन गरेको हो।
प्रदर्शनमा पत्रकार महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य गोविन्द चौलागाईं तथा पत्रकार जन्मदेव जैसीलगायत उपस्थित थिए। संघर्ष समितिका जैसीले दशैंलगत्तै दोस्रो चरणमा सशक्त आन्दोलन हुने बताए।
Facebook Comments


























