काठमाडौं, असोज २७ । नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायिक आचारसंहिताको पूर्ण पालना गर्न व्यवसायीहरुसँग अपिल गरेको छ। कोरोना महामारी चलिरहेका बेला कतिपय व्यवसायीहरुले म्याद गुज्रेका वस्तु बजारमा विक्रिवितरण गरेको जानकारी आएको भन्दै महासंघले आचारसंहिता पालना गर्न व्यवसायीहरुलाई आग्रह गरेको हो।
महासंघले आज विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कहिल्यै र कहीकतैबाट जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा लापरबाही हुनुहुँदैन। कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसँग खेलवाड हुने र प्रचलित कानून विपरित कार्य गर्ने छुट छैन।’
व्यावसायिक आचारसंतिहविपरित काम गरे कानूनअनुसारको दण्ड व्यहोर्नुपर्नेतर्फ सचेत हुन महासंघले आग्रह गरेको छ। महासंघले चाडपर्वलक्षित अनुगमन मात्र नभएर वर्षैभरी अनुगमन गर्न समेत सरकारसँग माग गरेको छ।
Facebook Comments


























