असोज २६ । बंगलादेशले राष्ट्रिय महिला फुटबल टिमले प्रशिक्षण सुरु गरेको छ। कोरोना महामारीका बीच बंगलादेश फुटबल महासंघ (बीएफएफ) ले उमेर समूह र राष्ट्रिय महिला टिमको प्रशिक्षण सुरु गरेको हो। बंगलादेश फुटबल महासंघले अन्तराष्ट्रिय प्रतियागितालाई लक्षित गर्दै प्रशिक्षण सुरु गरेको हो।
बंगलादेश यू–१७, यू–२० र महिला राष्ट्रिय टिमले आईतबारबाट विर–श्रेष्ठ सहिद सिपोही मुस्ताफा कमल स्टेडियममा अभ्यास सुरु गरका छन्। मुख्य प्रशिक्षक गेलम रब्बानी चेतनले ३३ जनालाई महिला टिममा प्रशिक्षणका लागि बोलाएका छन्। बंगलादेशले मार्च १३ देखि २१ सम्म एएफसी यू–२० महिला च्याम्पियनसिप छनोट २०२२ खेल्ने तालिका रहेको छ।
यस्तै, अप्रिल ३ देखि ११ सम्म यू–१७ महिला च्याम्पियनसिप छनोट २०२२ खेल्नेछ। बंगालदेश फुटबल महासंघले कोरोना महामारीका बीच सरकारको स्वास्थ्य नियमानुसार अभ्यास गर्ने जनाएको छ। पछिल्लो समय महिला फुटबलमा ठुलो लगानी गरिरहेको बंगलादेशले कोरोना महामारीका बीच पनि महिला टिमको अभ्यास सत्र सुरु गरेको हो।
बंगालदेशले प्रशिक्षण सुरु गर्दा अन्य दक्षिण एसियाली मुलुकले प्रशिक्षण संचालन गर्न सकेका छैनन्। नेपालमा समेत सरकारले अनुमति नदिँदा प्रशिक्षण सहित महिला लिग रोकिएको छ। एजेन्सी


























