असोज २६ । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (सोमबार) रोयल्स च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दै छ। सेख ज्यायद क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ। आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा हुनेछन्।
लिगमा ६ खेल खेलेको बैंगलोर ८ अंकसहित तालिकाको चौथो स्थानमा छ। समान खेल खेलेको कोलकाता तालिकाको तेस्रो स्थानमा छ। लिगमा यो सिजन उपाधि दाबेदार मानिएका दुवै टोली पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले यो सिजन आईपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यता दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकाताले पनि यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
Facebook Comments


























