असोज २६ । इर्लिङ हाल्याण्डले पहिलो अन्तराष्ट्रिय ह्याट्रिक गरेको खेलमा नर्वेले रोमानियाविरुद्ध शानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा हाल्याण्ड प्रेरित नर्वेले रोमानियालाई ४–० गोल अन्तरले पराजित गरेको हो।
बोरुसिया डर्टमण्डका फरवार्डले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिदै खेलको १५ औं मिनेटमा नर्वेलाई अघि बढाएका थिए। जर्मन क्लब आरबी आइपेजिगका अलेक्जेनडर सोरलाथले अग्रता दोब्बर बनाए। दोस्रो हाफको ६४ औं मिनेटमा हाल्याण्डले व्यक्तिगत दोस्रो गोल गरे। त्यसको १० मिनेटपछि उनले ह्याट्रिक पुरा गरेका थिए।
नर्वे गत बिहिबार युरो कप छनोटको प्लेअफमा सर्बियासंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो। नेसन्स लिगको समूहको शीर्ष स्थानमा रहेको नर्वेले अब नर्दन आयरल्याण्डसंग खेल्नेछ। एजेन्सी
Facebook Comments


























