काठमाडौं, असोज २५ । साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से १३ अंकले झरेको छ। सो अंक झरेपछि नेप्से १५ सय ७६ अंकमा अडेको छ। २ अर्ब ३९ करोड रुपैयाँको सेयर किनबेच भयो। बजारको पुँजीकरण २१ खर्ब कायम भएको छ। यस दिन फाइनान्सबाहेकका सबै समूह ओर्लिका छन्। फाइनान्स भने १७ अंकले बढ्यो।
बैंकिङ १०, ब्यापार १९, होटेल ३८, विकास बैंक २०, जलविद्युत २७, निर्जीवन बीमा ८६, उत्पादन ४८, अन्य ९, माइक्रोफाइनान्स ८, जीवन बीमा १० अंकले ओर्लिए। कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको १० करोड ६ लाख रुपैयाँको सेयर किनबेच भयो।
अपि पावरको पनि १० करोडकै सेयर कारोबार भयो। आइसिएफसी फायनान्सको मूल्य सबैभन्दा धेरै ९ प्रतिशतले बढेको छ। अपि पावरको मूल्य सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ।
Facebook Comments


























