काठमाडौं, असोज २५ । गायिका दीपा लामा र गायक दाउत राईले रोमान्टीक गीत ‘हृदयको आवाज’ ल्याएका छन्। म्युजिक भिडियो सहित गीतमा शब्द अमर बान्तको रहेको छ। संगीत गायक राइकै रहेको गीतमा उदयराज पौडलको संगीत संयोजन छ। गीतको भिडियो पनि एकजोडी युवायुवतीको प्रेमकथा समेटेर रोमान्टिक शैलीमै निर्माण भएको छ।
भिडियोमा अभिषेक श्रेष्ठ र दीपिका लामा ब्लोन देखिएका छन्। दीपिकाको बोल्ड लुक्स भिडियोमा देख्न सकिन्छ। देवजंग थापाको निर्देशन रहेको भिडियो प्रदिप बस्नेतले सम्पादन गरेको हुन्। गायक राईका यस अगाडि ‘तिम्रो सहर’, ‘फरिदा’ बोलका गीत चर्चामा रहेका थिए।
Facebook Comments


























