जनकपुरधाम, असोज २५ । प्रदेश नम्बर २ ले प्रदेश सभा बैठक बोलाएको छ। आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ। कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बैठक स्थगित थियो।
स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड अपनाएर बैठक राखिने सभामुख सरोजकुमार यादवले जानकारी दिए। विभिन्न समितिहरूमा छलफल गरी टुंग्याइएका विधेयकहरू प्रदेशसभामा पेश गर्ने कार्यसूची छ। यसअघि बजेट छलफल गरी पारित गरेपछि बैठक स्थगित भएको थियो। प्रदेश सभा सचिवालयले सूचना निकालेर आज दिउँसो १ बजेका लागि बैठक डाकेको हो।
Facebook Comments




















