असोज २५ । युईएफए नेसन्स लिग फुटबलमा स्पेनले स्विटजरल्याण्डविरुद्ध संघर्षपूर्ण जित दर्ता गरेको छ। शनिबार राति मड्रिडमा भएको खेलमा स्पेनले स्विटजरल्याण्डलाई १–० ले हराएको हो। पहिलो हाफको १४ औं मिनेटमा रियल सोसिडाडका मिकेल ओयारजबलले स्पेनका लागि विजयी गोल गरे।
स्पेनका डेभिड डी गियाले घरेलु टोलीबाट क्लिन चिट पाए। उनी चेल्सीका गोलकिपर किपा इरिजाब्लागाको स्थानमा मैदान छिरेका थिए। उनले सुरुवातमै लोरिस बेनिटोको प्रहारलाई बचाउ गरेका थिए। जितसंगै स्पेन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उसले ३ खेलबाट ७ अक जोडेको छ। पुछारको स्विटजरल्याण्डको १ अंक छ। एजेन्सी
Facebook Comments


























