असोज २६ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) हुने पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ।
अबुधाबीमा कोलकत्ता आफ्नो छैटौं खेलका लागि मैदान उत्रने छन्। पन्जाब भने आफ्नो सातौं खेलका लागि मैदान उत्रने छ। कोलकत्ता र पन्जाबबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ।
शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ता चौंथो जितको खोजीमा हुनेछ। अघिल्ला ५ खेलमा ३ जितसहित ६ अंक जोडेर कोलकत्ता चौंथो स्थानमा रहेको छ।दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता पन्जाबलाई हराएर शीर्ष दुई भित्र उक्लन चाहन्छ। तर, पन्जाबविरुद्ध जित निकाल्नकोलकत्तालाई सहज भने छैन। किनकी पन्जाब कलकत्तालाई हराएर दोस्रो जित निकाल्न चाहन्छ।
केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाबले यस संस्करण खराब प्रदर्शन गरिरहेको छ। पुछारमा रहेको पन्जाबले ६ खेलमा १ जित मात्र निकालेको छ।
त्यसैले पन्जाब कोलकत्तालाई हराएर अंक तालिका समेत सुधार गर्न चाहन्छ।
कोलकत्ताविरुद्ध पन्जाबले राहुलसँगै मायांक अग्रवाल, निकोलस पुरण, ग्लेन म्याक्स्वेल, क्रिस जोर्डन, मोहम्मद शामी, सेल्डोन कोट्रेल जस्ता खेलाडी मैदान उतार्ने छन्। कोलकत्तालाई दिनेशसँगै आन्द्रे रसेल, इयान मोर्गन, आन्द्रे रसेल,कुलदिप यादव, पाट कुमिन्स जस्ता खेलाडीको साथ रहने छ। एजेन्सी


























