असोज २३ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इङ्ल्याण्डले वेल्समाथि सहज जित निकालेको छ। बिहिबार राति वेम्वलीमा भएको खेलमा इङ्ल्याण्डले वेल्समाथि ३–० को जित दर्ता गर्यो। डोमिनिक कल्भर्ट लेविन डेब्यु खेलमा गोल गर्न सफल रहे। उनले यस सिजनमात्र १० गोल पुरा गरे। प्रिमियर लिगमा फर्ममा देखिएका फरवार्डले एभर्टनबाट ९ गोल गरिसकेका छन्।
करिब एक घण्टा मैदानमा बिताएका कल्भर्टले अलराउण्डर प्रर्दशन गर्दै इङ्ल्याण्डको टिममा प्रभाव देखाए। २६ औं मिनेटमा गोल गर्दै कल्भर्टले इङ्ल्याण्डलाई अग्रता दिलाएका थिए। उनले हेडमार्फत इङल्याण्डलाई अग्रता दिलाएका थिए। कोनोर कोएडीले ५३ औं मिनेटमा इङ्ल्याण्डको अग्रता दोब्बर बनाउने काम गरे। किरन ट्रिप्पियरको क्रसमा कोएडीले कोएडीले बललाई पोस्टको दिशा दिन सफल रहे।
डेनी इग्सले ६३ औं मिनेटमा गोल गर्दै इङ्ल्याण्डलाई सहज जित दिलाए। इङ्ल्याण्ड पछिल्ला ८ खेलमा वेल्ससंग अपराजित छ। अन्य मैत्रीपूर्ण खेलमा इरानले उजेबिकिस्तानलाई २–१ ले हरायो। नामिबिया र साउथ अफ्रिका तथा बेल्जियम र आइभेरी कोस्टले १–१ गोलको बराबरी खेले। अर्को खेलमा स्विडेनले रुसमाथि २–१ को जित आत्मसाथ गर्यो। एजेन्सी


























