काठमाडौं, असोज २२ । शेयर बजार आज दोहोरो अंकको घटेको छ। शेयर बजार घटेसँगै हिजो १६ सय अंक माथि गएको नेप्से परिसूचक आज झरेको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.३४ अंकले घटेको हो। ०.७१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १५८९.६३ अंकमा ओलिएको छ।
नेप्सेका अनुसार आज १ सय ९३ कम्पनीको १ करोड ११ लाख ६४ हजार ५ सय ६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९० करोड ५० लाख ५७ हजार ९ सय ६६ रुपियाँ बराबरको कारोबार भएको छ।
Facebook Comments


























