काठमाडौं, असोज २२ । सरकार र डा.गोविन्द केसी प्रतिनिधिबीचको वार्ता स्थगित भएको छ। अनसनरत डाक्टर केसीको माग सम्बोधन गर्न बिहानैदेखि शिक्षा मन्त्रालयमा वार्ता भएको थियो। २ बजेसम्म चलेको वार्ता सकारात्मक भएको र फेरि ४ बजे बस्ने गरी स्थगित भएको डा.केसीको तर्फबाट वार्तामा सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले बताए।
यसअघि भएको वार्तामा डा केसीका मागका हरेक बुँदामा सुक्ष्म छलफल गरिएको कार्कीले बताए। उनले सकेसम्म वार्ता छिट्टै टुंग्याउन दुवै पक्षले कसरत गरिरहेको बताए। वार्ता स्थगित भएपछि वार्तामा भएको प्रगति जानकारी गराउन अनसनरत डा केसी रहेको त्रिवि शिक्षण अस्पताल जान लागेका छन्।
Facebook Comments


























