चीन, असोज २२ । चीनले ताइवानको विषयलाई लिएर भारतीय सञ्चार माध्यमहरुलाई घुमाउरोपारामा चेतावनी दिएको छ। ताइवानको राष्ट्रिय दिवसको अवसरमा बुधबार प्रकाशित प्रसारित सामग्रीप्रति आपत्ति जनाउँदै चीनले भारतको एक चीन नीतिप्रति प्रतिबद्ध रहन सञ्चार माध्यमहरुलाई भनेको छ।
नयाँदिल्लीस्थित चिनियाँ दूतावासले बुधबार साँझ विज्ञप्ति जारी गरेर ताइवान चीनको अभिन्न अंग भएको दावी गरेको छ। तर, अलग राष्ट्रको सन्देश जाने खालका सामग्री प्रसारण तथा प्रकाशित नगर्ने चीनले भारतीय मिडियालाई भनेको हो।
भारतीय सञ्चार माध्यममा प्रकाशित सामग्रीलाई लिएर चीनले जनाएको प्रतिक्रियाप्रति ताइवानले आपत्ति जनाएको छ। ताइवानको विदेश मन्त्रालयको आधिकारिक ट्विटर ह्यान्डलबाट चीनले भारतमा सेन्सरसिप लाद्न खोजेको आरोप लागएको छ। एजेन्सी
Facebook Comments


























