मकवानपुर, असोज २२ । मकवानपुरमा बिहीबार बिहान ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक अस्पतालमा गरिएको स्वाब परीक्षणबाट ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार २० महिला र ३८ पुरुषमा संक्रमण पुष्टि भएको हो। असोज २१ गते संकलन गरिएको स्वाबको रिपार्ट प्राप्त भएको उनले जानकारी दिए। मकवानपुरमा हालसम्म एक हजार ५ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ। हालसम्म एक हजार तीनसय ४९ जना कोरोना संक्रमित निको भइसकेका छन्।
Facebook Comments


























