हेटौंडा, असोज २२ । बलात्कारको कसुर प्रमाणित भएका एक युवकलाई मकवानपुर जिल्ला अदालतले २५ वर्ष कैद सजाय फैसला गरेको छ। ८ वर्षीया बालिकालाई बलात्कार गरेका हेटौंडा–१५ का २८ वर्षीय जयराम रुम्बाविरुद्ध जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले अदालतले आइतबार उक्त फैसला सुनाएको हो। बालिकालाई क्षतिपूर्तिस्वरूप रुम्बाले १ लाख रुपैया र पीडित राहत कोषमा १ लाख रुपैयाँ जम्मा गर्न पनि अदालतले आदेश गरेको छ।
आइतबारकै इजलासले १४ वर्षकी बालिकालाई बलात्कार गरेको कसुरमा हेटौडा—१ का सुदीप लामालाई १२ वर्ष कैद फैसला गरेको छ। उक्त घटनामा अदालतले ६ महिनाभित्र पीडितलाई पीडकबाट क्षतिपूर्तिस्वरूप १ लाख रुपैयाँ नगद उपलब्ध गराउन पनि आदेश गरेको छ।
Facebook Comments


























