असोज २१ । भारतमा कोरोना भाइरसबाट लाखौं मानिसहरु शिकार भइसकेका छन। बलिउडका ठुला ठुला कलाकार पनि यसको चपेटामा परेका छन। अभिनेता अर्जुन कपुर पनि ६ सेप्टेम्बरमा एउटा पोष्ट सेयर गर्दै आफु कोरोना पोजेटिभ भएको बताएका थिए। तर हाल अर्जुन कपुर कोरानाबाट निको भएका छन। यो कुराको जानकारी उनले आफनो इस्टागामा एक पोष्ट सेयर गर्दै बताएका छन।
अर्जुन कपुरले इस्टागामा पोष्ट सेयर गर्दै लेखेका छन , ‘मलाई यो कुरा बताउन पाउदाँ खुशी लागेको छ की बितेको हप्तामा मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको छ। म ठीक भएपछि धेरै खुशी महसुस गरेको छु र काममा फर्किन धेरै एक्साइटेड छु। सबैलाई पोजेटिभ इन्जिको लागि धेरै धन्वाद। यो भाइरस साच्चि मा नै सिरियस छ ,त्यसैले अनुरोध गर्दछु हजुरहरु पनि सिरियस हुनुहोस। यो कुनै पनि उमेरकालाई हुनसक्छ (बच्चा र जवान)। त्यसैलै कृपया मास्क लगाउनु। धन्वाद बीएमसी हजुरको सपोर्ट र हेल्पको लागि। ती सब कार्यकारतालाई सलाम जसले आफनो ज्यान जोखिममा राखेर हामीहरुको सेवा गर्नुहुन्छ। हामी हजुरको सधै कर्जादार रहनेछौं।’

























