असोज २१ । अमेरिकाको व्यापार घाटा अगस्ट महिनामा बढेर ६७.१ अर्ब डलर पुगेको छ। यो पछिल्लो १४ वर्षमा सबैभन्दा बढी घाटा हो। अमेरिकाको वस्तु तथा सेवा निर्यात–आयात अन्तर अगस्टमा ५.९ प्रतिशत बढेर ६७.१ अर्ब डलर भएको हो।
व्यापारयुद्ध चलिरहेको चीनसँगको व्यापार घाटा भने ६.७ प्रतिशत घटेर २६.४ अर्ब डलर भएको छ। यो वर्ष अहिलेसम्म अमेरिकाले जनवरीदेखि अगस्ट २०२०को अवधिमा ४२१.८ अर्ब डलर व्यापार घाटा भएको बताएको छ। सोही अवधि २०१९ को तुलनामा यो ५.७ प्रतिशत बढी हो।
यो अवधिमा निर्यातमा २।२ प्रतिशत बढोत्तरी भएको र आयात भने ३।२ प्रतिशत बढको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार घाटा कम गर्नका लागि अभियान नै चलाएका छन्, जसमा चीनबाट आयात हुने कतिपय सामानमा शुल्क बढाइएको छ। एजेन्सी
Facebook Comments


























