असोज २१ । स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्। पेरिसमा मंगलबार राति भएको क्वाटरफाइनलमा इटालीका जानिक सिनरलाई पराजित गर्दै नाडाल अन्तिम चारमा पुगेका हुन्।
साविक विजेता समेत रहेका नाडालले सिनरलाई ७-६(७-४),६-४ र ६-१ को सेटमा पराजित गरे। १२ पटकको च्याम्पियन नाडालले सेमिफाइनलमा अर्जेन्टिनाका डिएगो स्वर्ट्जम्यानसँग खेल्ने छन्। डिएगोले युएस ओपन च्याम्पियन डोमिनिक थिएमलाई पराजित गरे।
करिब पाँच घण्टा चेलेको खेलमा डिएगोले डोमिनिकमाथि ७-६ (७-१),५-७,६-७ (६-८),७-६(७-५) र ६-२ को सेटमा पराजित गरे। एजेन्सी
Facebook Comments


























