मकवानपुर, असाेज १९ । प्रहरीले भीमफेदी गाउँपालिका वडा नंबर २ भैसेबाट लागू औषध नाइट्रोभेटसहित २ जनालाई पक्राउ गरेकाे छ। त्रिभुवन राजपथ हुँदै काठमाडाैं जाँदै गरेको बा ९६ प ३२८५ नंबर को मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा प्युठान मल्लरानी गाउँपालिका वडा नंबर ३ घर भई हाल काठमाडाैं बालाजुस्थित शान्तिटोल बस्ने वर्ष १८ का माेटरसाइकल चालक सतिश दमाल मगर र कालीकोट घोचायबाडा गाउँपालिका वडा नंबर ३ घर भई हाल काठमाडाैं महानगरपालिका वडा नंबर ३ बस्ने वर्ष १८ कै बज्र राेकाया लागू औषधसहित पक्राउ परेका हुन्।
उनीहरुकाे साथबाट नाइट्रोभेट ८७० ट्याब्लेट बरामद गरिएकाे मकवानपुर प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानामगरले जानकारी दिए। प्रहरी चौकी भैँसेबाट प्रहरी नायव निरीक्षक कुलबहादुर श्रेष्ठको नेतृत्वमा खटेको टोलीले नियन्त्रणमा लिएका दुवैजनामाथि थप अनुसन्धान भइरहेको उनले बताए।

























