काठमाडौं, असोज २० । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ। २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्। यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ थियो।
Facebook Comments


























