असोज १९ । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले डिफेन्डर बेन गडफ्रीलाई अनुबन्धित गरेको छ। इंग्लिस डिफेन्डरलाई एभर्टनले नर्विच सिटीबाट अनुबन्धित गरेको हो। एभर्टनले २२ वर्षीय डिफेन्डरसँग पाँच वर्षको सम्झौता गरेको छ।
सेन्टर ब्याक बेन अनुबन्धको रकम भने एभर्टनले खुलाएको छैन। एभर्टनले यस ट्रान्सफर विन्डोमा पाँचौ खेलाडीको रुपमा बेनलाई अनुबन्ध गरेको हो।इंग्ल्यान्डका यू-२१ टोलीका कप्तानी गरिसकेका बेन नर्विचमा चार सिजन बिताएर एभर्टन आएका हुन्। बेनले नर्विचका लागि ६६ खेलमा ४ गोल गरेका थिए। एजेन्सी
Facebook Comments


























