असोज १९ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर खेल्ने भएका छन्। आईपीएलमा आज एक खेल मात्रै हुनेछ। खेल यूएईमा नेपाली समय अनुसार राति पौने ८ बजे खेल हुनेछ। यो खेलमा जित निकाल्ने टीम शीर्ष स्थानमा उक्लनेछ। चार खेलमा तीन खेल जितेको मुम्बई इन्डियन्स ६ अंकका साथ शीर्ष स्थानमा रहँदा समान ६ अंक भएका दिल्ली र बेङ्ग्लोर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
आज जित्ने टिम ८ अंकका साथ शीर्ष स्थानमा उक्लनेछ। यसअघि राति भएको खेलमा साविक उप-विजेता चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ। किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो।
जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ। चेन्नई तालिकाको छैठौं स्थानमा छ। पन्जाबले ५ खेलमा २ अंक जोडेको छ। पन्जाब पुछारमा रहेको छ।
Facebook Comments


























