असोज १७ । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत राजस्थान रोयल्सले रोयल्स च्यालेन्जर्स बैंगलोरलाई जितका लागि १५५ रनको लक्ष्य दिएको छ। सेख ज्यायद क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको जास्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएको राजस्थानले १५४ रन बनायो।
राजस्थानका लागि महिपाल लोमरले ४७ रनको योगदान दिए। त्यस्तै राहुल तेवातीयाले २४ रन बनाउँदा जोस बटलरले २२, रविन उथपा र रियान प्रागले समान १६–१६ रनको योगदान गरे। बलिङतर्फ बैंगलोरका लागि युजिभेन्द्र चहालले सर्वाधिक तीन विकेट लिए। त्यस्तै इसुरु गडानले दूई विकट लिँदा नवदिप शैनीले एक विकेट हात पारे।
आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा छन्। लिगमा चौथो खेल खेल्न लागेको बैंगलोर आजको खेलमा जित निकाल्ने योजनामा छ। यता राजस्थान पनि आजको खेलमा जित निकाल्ने योजनामा छ।


























