काठमाडौं, असोज १६ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ घटेको छ। सुन आज तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो पनि तोलामा २ सय रुपैयाँ नै घटेर सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको भाउ घटे पनि चाँदीको भाउ स्थिर छ। चाँदी आज पनि तोलाको एक हजार एक सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
Facebook Comments


























