काठमाडौं, असोज १५ । सुनचाँदीको भाउ आज घटेको छ। सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
हिजो सुन तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेको छ। चाँदी आज तोलाको एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























