काठमाडौं, असोज १५ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली हुने जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ। अहिले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ।
विभागका अनुसार बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ।
Facebook Comments


























