धरान, असोज १५ । धरानमा थप एक जनाको कोरोना संक्रमितका कारण ज्यान गएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार सुनसरी इटहरी उपमहानगरपालिका ६ का ५६ पुरुषको गएराति पौने १० बजे मृत्यु भएको हो। विराटनगरको विराट मेडिकल कलेजबाट कोरोना संक्रमण पुष्टि भएर रिफर गरिएका उनमा ज्वरो, खोकीका साथै श्वासप्रश्वासमा समस्या देखिएको थियो।
प्रतिष्ठानको कोभिड अस्पतालमा १४ गते राति साढे ९ बजे भर्ना भएको र अस्पताल ल्याउँदा नै संक्रमितको अवस्था गम्भीर भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए। यो सँगै प्रतिष्ठानमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ३८ पुगेको छ।
Facebook Comments


























