काठमाडौं, असोज १४ । बुधबार सुनचाँदीको भाउमा वृद्धिले निरन्तरता पाएको छ। यसदिन सुन तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन मंगलबार सुन तोलामा ९०० रुपैयाँले उकालो लागेर प्रतितोला ९४ हजार २०० रुपैयाँमा किनबेच भएको थियो। यसैगरी, चाँदी पनि बुधबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएको थियो।
Facebook Comments


























